कार्यकर्ता छल्न राजपामा दुई थरी विधान

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्यहरूले आफ्ना कार्यकर्ता छल्न पार्टीको विधान नै दुईथरी बनाएका छन्। पार्टीको आधिकारिक विधान निर्वाचन आयोगमा बुझाएका छन् भने कार्यकर्तालाई बाँड्न छापिएको विधानमा आधिकारिक विधानका केही बुँदा हटाइएका छन्।

कार्यकर्तालाई बाँड्न छापिएको विधानमा कायकर्ताको चाहनालाई सम्बोधन गरिएको छ भने निर्वाचन आयोगमा बुझाइएको आधिकारिक विधानमा अध्यक्षमण्डलका सदस्यको चाहनालाई सम्बोधन गरिएको छ।
निर्वाचन आयोगमा बुझाइएको विधानमा प्रष्टसँग महाधिवेशनपछि पनि अध्यक्षमण्डल रहने छ भनी राखिएको छ। विधानको धारा ३१ को दफा १२ मा प्रष्टसँग भनिएको छ, ‘अध्यक्षमण्डलको व्यवस्था आउँदो महाधिवेशनपछि समेत रहने छ।’ सो प्रावधानले महाधिवेशन पछि राजपामा अध्यक्षमण्डल रहने देखिएको छ। नागरिक दैनिकमा विस्तृतमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?