युवराज पंगाली / सुर्खेत । चाडपर्व आएसँगै जुवाडेको संख्या ह्वात्तै बढेको छ । जिल्लाको विभिन्न स्थानमा प्रहरीले कडा निगरानी समेत बढाएको छ ।
यस्तै बिहीवार मात्रै ईलाका प्रहरी कार्यालय छिन्चुले नगद डेढ लाख सहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।
सुर्खेतको लेकवेशी नगरपालिका–४ दशरथपुरबाट प्रहरीले १३ जना जुवाडेलाई प्रक्राउ गरेको हो ।
जुवा खेलिरहेको समयमा गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट गएको प्रहरी टोलीले उक्त जुवाडेहरुलाई पक्राउ गरेको हो ।
जुवाखालबाट १५ हजार सात सय र जुवाडेहरुबाट एक लाख ६४ हजार चार सय ४० गरी जम्मा एकलाख ८० हजार नगद बरामद गरिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधु न्यौपानेले बताए ।
उनका अनुसार लेकबेसी गाउँपालिका–३ का टोपबहादुर पौडेल, टीकाराम राना, सुरेन्द्र पौडेल, उमेष वली, अनुभव बस्नेत, बिनोद शाही, अमर थापा, ललित सुनार, छवी पौडेल, हर्क विक, खगेन्द्र विर्कट्टा, टोपेन्द्र वली र राजन कार्की पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार चाडपर्वका बेला हुने जुवातास, झैझगडा, चोरीडकैतीलगायतका अपराधिक गतिविधिविरुद्ध प्रहरी सशक्त भएर लागेको छ ।
पक्राउ परेका १३ जनामाथि आवश्यक कारबाहीका लागि प्रहरीको निगरानीमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया