सुनसरी– १६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने धरान उपमहानगर १५ बाझगराका मनीष राई हुन् ।
किशोरी र उनका अभिभावकले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले बताए ।
उजुरी अनुसार किशोरीको घरअगाडि पुगेर राईले कात्तिक ११ गते राति साढे नौ बजे बोलाएपछि ‘यति राति किन बोलाएको’ भन्दै उनी गेटमा निस्केकी थिइन् । राईले आफ्नो सामान लिन धरान–७ स्थित परदेशी होटलमा एकछिन सहयोग गर्न आग्रह गरेका थिए । सधैं चिनेजानेका युवकको अनुरोध अस्वीकार गर्न नसकेर उनी होटल पुगेकी थिइन् ।
प्रहरीका अनुसार होटलको कोठामा पुगेपछि युवकले किशोरीसँग विवाहको प्रस्ताव गरेका थिए । तर, किशोरीले अस्वीकार गरेकी थिइन् ।
इलाका प्रहरी कार्यालयमा दिएको किटानीमा राईले जबरजस्ती मादक पदार्थ खुवाएर कोठामै थुनेर बलात्कार गरेको उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया