१४ वर्षीया किशोरी मृत फेला

बर्दिया- बर्दियाको राजापुर नगरपालिका–४ छेडियाको मुक्तकमैया टोलमा एक किशोरी मृत फेला परेकी छन् ।

आइतबार नजीकैको जङ्गलमा बाख्रा चराउन गएकी १४ वर्षीया प्रमिला चौधरी आज रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 साँझसम्म घर नफर्केपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजी गर्दा उनी मृत फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक वद्रीप्रसाद ढकालले बताए । घटनाको प्रकृति हेर्दा शङ्कास्पद रहेको प्रहरी अनुमान छ ।

 राजापुरमा चिकित्सकको अभावका कारण शव परीक्षणका लागि कैलालीको टीकापुर अस्पतालमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?