सर्लाहीमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप, एकजनाको मृत्यु

सर्लाही । सर्लाहीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ  । 

सर्लाही रामनगर गाउँपालिका ४ मा आज बिहान झडप भएको  हो । 

झडपका क्रममा नेपाली कांग्रेसका कार्यकर्ता राम विलास महतोको मृत्यु भएको हो। सर्लाहीका जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलका अनुसार महतोको गोली लागेर मृत्यु भएको हो। त्यस्तै अन्य केही गोली लागेर घाइते भएका छन्।

झडप किन भयो भननृ कारण नखुलेको प्रहरीले जनाएको छ ।  प्रहरीले घटनाको अनुसन्धान तिव्र बनाएको छ । 

सोमबार नेकपाका कार्यकर्ताहरूले वडा अध्यक्ष रामनरेश महतोलाई कुटपिट गरेको समाचार यस अघि आएको थियो । उनैलाई कुटपिट गरेपछि नेकपा र कांग्रेसका कार्यकर्ताहरुबीच झडप भएको  हुनसक्ने अनुमान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?