काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको पाँच महिना पूरा हुँदा पनि पार्टीको एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन ।
नेकपाको सचिवालय बैठक फाट्टफुट्ट बसे पनि स्थायी कमिटी बैठक तीन महिना यता बस्न नसक्दा पनि पार्टी एकता प्रक्रियाले पूर्णता पाउन नसकेको हो । जनवर्गीय सङ्गठनहरूको एकता तथा नेताहरू जिम्मवारीले पार्टी एकताले पूर्णाता पाउने कतिपय नेताहरू भनाइ छ
कार्य दलले गृहकार्य पूरा नहुँदा सोमबार र मङ्गलबार बस्ने भनिएको स्थायी कमिटीको बैठक पनि बस्न सकेन । स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थता र कार्यदलको तयारीको अभावमा स्थायी कमिटीको यो बैठक स्थगित भएको जानकारी दिए । गाेरखापत्र दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया