घुस लिएको आरोपमा सर्लाहीका हवल्दार नुरूल होदा अन्सारी पक्राउ

सर्लाही । जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा कार्यरत प्रहरी हवल्दार घुस लिएको आरोपमा पक्राउ परेका छन् । 

नेपाल भारत सीमा बजारबाट भन्सार छली चोरी गरी ल्याईएका सामान ल्याउन सहज बनाइदिने बहानामा सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिइको टोलीले प्रहरी हवल्दार नुरूल होदा अन्सारी पक्राउ गरेको हो । 

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर ठहर गर्दै बिगो तीस हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुने  व्यवस्थामा उल्लेख छ । उनीविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?