टोकियो । दक्षिण जापानको टोरोशिमा द्वीपमा ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।
सोमबार बिहान १०ः२८ बजे टोरोशिया द्वीपमा भूकम्प गएको जापान मौसम विभागले जानकारी दिएको छ ।
यद्यपी यस भूकम्पपछि सुुनामी चेतावनी भने दिइएको छैन ।
जापानमा सन् २०११ को मार्च महिनामा गएको ९.० म्याग्नीच्युडको भूकम्प पछिको सुनामीमा परी १७ हजार व्यक्तिको मृत्यु हुनुको साथै हजारौँको सङ्ख्यामा घाइते र वेपत्ता भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया