काठमाडौं । वि.स. २०५२ सालमा गणेशमान सिंहको परिकल्पना र निर्देशनमा स्थापना भएको गणेशमान सिंह अध्ययन प्रतिष्ठानको अध्यक्ष पदमा सपना राजभण्डारी शनिवार (आज) सम्पन्न सभाबाट निर्वाचित भएकी छन् ।
काठमाडौंमा आज सम्पन्न भएको प्रतिष्ठानको सभाबाट उपाध्यक्ष पदमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर जगदीशचन्द्र पोख्रेल , महासचिवमा चिकित्सक डाक्टर भूपेन्द्र कुमार बस्नेत र सचिव पदमा सहप्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारी चयन भएका हुन् ।
प्रतिष्ठानले निरन्तर बौद्धिक ,रचनात्मक र राष्ट्रहित सम्बन्धि काम गर्दै आइरहेको छ । अध्यक्षमा निर्वाचित सपना राजभण्डारी प्रतिष्ठानको संस्थापक अध्यक्ष नेपाली कांग्रेसका दिवंगत नेता स्वर्गीय नवीन्द्रराज जोशीको धर्मपत्नी हुन् । उनि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया