काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही २ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो ।
आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय बदर गर्न माग गर्दै सत्ता गठबन्धनका उम्मेदवार गुरूङले सर्वाेच्चमा रिट दायर गरेका थिए । यसअघि आइतबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले गुरूङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया