माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन (पत्रसहित)

लोकपथ
154
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपलालाई कारबाही गर्न निर्देशन दिएको छ ।

रौतहट क्षेत्र नं १ बाट उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले मतदातालाई प्रभावमा पार्ने किसिमको अभिव्यक्ति दिएको भन्दै आयोगले त्यस्तो निर्देशन दिएको हो ।

रौतहटमा आयोजित एक चुनावी सभामा नेपालले आफूले निर्वाचन जितेमा युवाहरुलाई देश बाहिर युवाहरुलाई रोजगारीको अवसर दिने आश्वासन बाँडेका थिए ।
उनले भाषण गर्दै फ्री भिसा, फ्री टिकट र तालिम समेत दिने आश्वासन दिएका थिए ।
‘बिना ढेउवा के भिसा मिल्ते हेँ, टिकट मिल्ते हेँ, काठमाडौंमे तालिम मिल्ते हेँ’ उनले मतदाता सामू भनेका थिए ।
आयोगले नेपाललाई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) बमोजिम कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
आयोगका अनुसार मतदातालाई प्रभाव पार्ने अभिव्यक्ति दिने उम्मेदवारलाई एक लाख  जरिवाना र १ वर्षसम्म कैद हुनसक्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?