शुनिल शर्माको पोलिटिकल ‘स्टन्ट’, किसानसँग खेतमा धान काट्न पुगे

लोकपथ
245
Shares

काठमाडौं । मंसिर ४ को निर्वाचनका लागि यतिबेला उम्मेदवारहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मत मागिरहेका छन् ।

निर्वाचनमा मत माग्न खटिएका उम्मेदवारहरुले मतदाता फकाउनका लागि विभिन्न हर्कत गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सोही क्रममा मोरङ क्षेत्र नं ३ बाट उम्मेदवार बनेका शुनिल शर्माको त्यस्तै तस्बिर भाइरल भएको छ ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शर्माले भोट माग्दै मतदाताको खेतमा पुगेर धान काटेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

धान काट्ने सिजन भएकोले उनी मत माग्दै खेतमा पुगेका थिए र सोही क्रममा उनले धान समेत काटेका थिए ।

उनी आगामी निर्वाचनमा नेकपा एमालेका भानुभक्त ढकालसँग प्रतिष्पर्धा गर्दैछन् । अघिल्लो निर्वाचनमा समेत सोही क्षेत्रबाट लडेका उनले ढकालसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?