धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङले यस वर्षका दुई साहित्यिक पुरस्कारको निर्णय सार्वजनिक गरेको छ ।
हरेक दुई वर्षमा प्रदान गरिने ‘बम–सरस्वती स्मृति पुरस्कार’ कपिलवस्तु, तौलिहवाका साहित्यकार सकुन्तला शर्मा पौडेल र ‘हिमलाल–मन्सरा स्मृति पुरस्कार’ बागलुङ, बलेवाका साहित्यकार तुलसी पौडेललाई प्रदान गरिने भएको हो ।
दुवै पुरस्कारको राशि रु दस हजार रहेको छ । यही कात्तिक १८ गते बागलुङ सदरमुकाममा आयोजना हुने विशेष समारोहबीच पुरस्कार समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।
‘हिमलाल–मन्सरा स्मृति पुरस्कार’ पहिलोपटक पौडेललाई प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए । बलेवा निवासी डा प्रेमप्रसाद शर्माले दिवङ्गत बुवाआमाका नाममा सो पुरस्कार स्थापना गरेका हुन् ।
बागलुङ, मूलपानी घर भई हाल बेल्जियममा रहेका कवि दीपेन्द्र केसीले आफ्ना हजुरबुवा र हजुरआमाको स्मृतिमा ‘बम–सरस्वती स्मृति पुरस्कार’ स्थापना गरेका हुन् । प्रतिष्ठानमा स्थापित सो पुरस्कारबाट यसअघि नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठ, पाल्पाका पुष्कर ‘अथक’ रेग्मीलगायत पुरस्कृत भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया