पहिलो हाफ मै अञ्जन विष्टको ह्याट्रिक, पुरा गरे आफ्नो १०औँ अन्तर्राष्ट्रिय गोल

लोकपथ
78
Shares

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली र बंगलादेशको राष्ट्रिय फुटबल टोलीबीच जारी मैत्रीपूर्ण खेलमा अञ्जन विष्टले खेलको पहिलो हाफमा ह्याट्रिक गरेका छन् ।

विष्ट ह्याट्रीकसँगै आफ्नो १०औं अन्तर्राष्ट्रिय गोल पनि घरेलु मैदानमा पुरा गरेका हुन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साढे पाँच बजेबाट सुरु भएको खेलमा नेपाललाई ३–० को अग्रता मिलेको छ ।

नेपालका लागि अञ्जन बिष्टले खेलको १७औँ मिनेटमा पहिलो, २७औँ  मिनेटमा दोस्रो र ३८औँ मिनेटमा तेस्रो गोल गरेका हुन् । बंगलादेशले भने गोल गरेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?