अफ्रिकाका कान्छा अर्बपति होटल अगाडिबाट अपहरित

एजेन्सी : तन्जनियाँको आर्थिक राजधानी दर एस सलाममा अफ्रिकाका कान्छा अर्बपति ४३ वर्षीय मोहम्मद देवजीलाई अपहरण गरिएको छ ।

कृषिदेखि बीमा, यातायात, आवास र खाद्य उद्योगमा विभिन्न १० देशमा लगानी लगाएको मी टीएलको प्रमुख रहेका देवजीलाई होलटको जीमखानामा प्रवेश गरिरहेका बेला अपहरण गरिएको जनाइएको छ ।

गभर्नर पाउ माकोन्डाले  यस किसिमको अपहरण यहाँ नौलो भएको जनाए ।

यसैगरी प्रहरी प्रमुख लजारो माम्बोसासाले पनि व्यस्त शहरबाट अपहरण भएको यो घटना नौलो भएको बताए ।

सदिंग्धहरूलाई पक्राउ गर्दै अपहरणमा परेका अर्बपतिको खोजी कार्यलाई तीव्र पारिएको उनले जनाए ।

सन् २००५ देखि २०१५ सम्म संसद समेत रहेका अमेरिकाको जर्जटाउन युनिभर्सिटीबाट शिक्षा लिएका तन्जनियाँमा जन्मेका देवजी सन् २०१३मा पहिलो टक फोब्र्सको नजरमा देखिए ।

सन् २०१५मा फोब्र्स अफ्रिकाको पर्सन अफ द इयर भए । तन्जनियाको सिम्बा फुटबल क्लबका मुख्य शेयर धनी देवजी फोब्र्सको धनीहरूको सूचीमा १.५ अर्ब अमेरिकी डलरको सम्पत्ति सहित अफ्रिाकाका १७ औं धनी हुन् ।

३ सन्तानका पिता देवजीले सन् २०१६मा आफ्नो सम्पत्तिको आधा परोपकारी कार्यका लागि दान दिने घोषणा एक प्रतिज्ञापत्रमा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?