रुकुमपूर्व बस दुर्घटना : ५ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

लोकपथ
28
Shares

काठमाडौं । रुकुम पूर्वको भूमे गाउँपालिकामा बस दुर्घटना घटनामा परी ५ जनाको ज्यान गएको छ । बिहीवार दिउँसो साढे २ बजेटको समयमा जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो ।

काठमाडौंबाट रुकुमपूर्व गइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए ।

उनका अनुसार बसमा १७ जना यात्रु थिए । बस सडकबाट झण्डै १०० मिटर तल लुकुमघाट खोलामा खसेको थियो । दुर्घटनाबाट घाइते १२ जना रहेको र त्यसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?