काठमाडौं । हाल देशमा महामारीको रुपमा डेंगु रोग फैलिरहेको छ । नेपाल सरकारले डेंगु रोगले नेपालभर १२ हजारभन्दा बढि मानिसहरु संक्रमित भइसकेको बताएको छ ।
अत नेपालमा यही रोगको कारण रगत अभाव हुँदै गइरहेको अवस्थामा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीको केन्द्रीय कार्यालयमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीको सहयोगमा इन्स्योरेन्सले आयोजना गरेको रक्तदान कार्यक्रमा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका रिलायन्स लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुले रगत दिएका थिए ।
यसका साथसाथै विभिन्न मिडियाकर्मी र अन्य सर्वसाधरणसमेतले यस रक्तदान कार्यक्रममा सहभागी जनाएका थिए । यस महामारीको समयमा रक्तदान कार्यक्रम आयोजना गरि रगत उपलब्ध गराउन सफल भएको र नेपाल रेडक्रस सोसाइटीको समेत भरपुर सहयोग भएकोमा रिलायन्स लाइफ इन्स्योरेन्सले गौरव महशुष गरेको बताएको छ ।
रक्तदान कार्यक्रममा बोल्दै कम्पनीको प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेललले ‘हामीले गरेका यस महान कार्यबाट धेरै बिरामीहरुको ज्यान जानबाट बच्नेमा विश्वस्त रहेको बताए ।’ रक्तदान कार्यक्रममा सय जनाभन्दा बढि मानिसहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया