काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गरेका डाक्टर केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधवार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए । अस्पताल भर्ना भए पनि डाक्टर केसीले अनशन जारी राखेको उनका सहयोगीहरुले बताएका छन् ।
सरकारले मंगलवार डाक्टर केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टरमा धनगढी लगेको भए पनि उनले काठमाडौं आउन अस्वीकार गरेका थिए ।
स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको हो । अस्पतालले डाक्टर केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने जोखिम रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया