चितवन । मत्स्य व्यवसायीले आज पनि भरतपुर महानगरपालिका–१ रामनगरबाट दुई हजार किलो भारतीय माछा नियन्त्रणमा लिएका छन् । उक्त माछा प्रहरी र पशु क्वारेन्टाइन चेक पोष्ट रामनगरका प्रतिनिधिको रोहवरमा आज नष्ट गरिएको छ । पछिल्लो केहि दिन यता भारतीय माछा नियन्त्रणमा मत्स्य व्यवसायीहरु आक्रामक बनेका छन् ।
आज बिहान लु २ च ६८५८ नम्बरको बोलेरोमा ५० कार्टुनमा ल्याइएको रहु र पंगास जातका भारतीय माछा व्यवासायीले नियन्त्रणमा लिएको हुन् । भारतीय माछाको रुपन्देहीको राधिका मत्स्य फर्मको नाममा किर्ते भेटेरिनरी प्रमाण पत्र बनाएर भन्सार छली अवैध रुपमा काठमाडौं लैजान थालिएको अवस्थामा नियन्त्रणमा लिईएको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले बताए ।
नवलपरासीको रामग्राम नगरपालिका–४ का अनिल केवटले राधिका मत्स्य फर्मको नाममा चार लाख ५४ हजार रुपैयाँको बिल बनाएर अवैध रुपमा माछा ल्याएको पाईएको हो । हिजो (सोमवार) पनि व्यवसायीले ६ सय २० केजी भारतीय माछा नियन्त्रणमा लिएर नष्ट गरेका थिए । मस्त्य व्यवसायीले हेटौंडा र सिन्धुलीबाट नियन्त्रणमा लिएको माछा पनि आज नष्ट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया