सरकारी पक्ष र डा. केसीका प्रतिनिधिबीच वार्ता सकियो

लोकपथ
35
Shares

काठमाडौं । अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारी पक्षबीचको वार्ता सकिएको छ ।

केहीबेर अघि दुई पक्षबीच वार्ता सकिएको केसीको सचिवालयले जनाएको छ । छलफलमा सहमति हुनसक्ने सम्भावना भएका बुँदाहरुका बारेमा छलफल भएको सचिवालयको भनाइ रहेको छ ।

‘डा केसी का प्रतिनिधि र सरकारी टोली बीच आज भएको वार्ता भर्खर सकिएको छ । वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाहरुको बारेमा छलफल भयो ।’ सचिवालयले भनेको छ ।

विगत ९ दिनदेखि डा. केसी विभिन्न मागसहित अनसनरत रहेका छन् । यो केसीको २०औँ अनसन हो । हाल कैलालीको धनगढीमा अनसन बसेका केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि डा. केसीलाई उपचारको लागि काठमाडौं ल्याउने तयारी भइरकेको छ ।

केसी लामो समयदेखि चिकित्सा शिक्षा सुधारको मागसहित अनसन बस्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?