काठमाडौं । स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको माग गर्दौ २० औं पटक अनसन बसिरहेका डा.गोविन्द केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकिएको छ ।
वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल र एक जना उपसचिव सहभागि थिए । वार्तामा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएको डा.केसीको तर्फबाट वार्तामा सहभागि प्रितम सुवेदीले जनाएका छन् । वार्ता फेरि भोली (मंगलबार) बिहान १० बजे बस्ने गरी टुङ्गिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया