काठमाडौं । राष्ट्रिय जनमोर्चाले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
निर्वाचन आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतवार र सोमवार समय दिएको छ । अन्तिम दिन सोमवार राष्ट्रिय जनमोर्चाले समानुपातिक उम्मेदवारहरुको सूची बुझाएकोहो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा १६५ सिटका लागि निर्वाचन हुनेछ भने समानुपातिक तर्फ ११० सिट रहेको छ । राष्ट्रिय जनमोर्चाले ११० सिटमै उम्मेदवारको नाम पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया