घरेलु हिंसाको आरोपमा फिजीका प्रधानमन्त्रीका छोराविरुद्ध अष्ट्रेलियामा १७ मुद्दा

लोकपथ
63
Shares

काठमाडौं । फिजीका प्रधानमन्त्री फ्रान्क बैनिमारामाका छोरालाई अष्ट्रेलियामा घरेलु हिंसाको आरोप लागेको छ । ३६ वर्षीय रातु मेली बैनीमारमामाथि कुटपिट, घाँटी थिच्नेलगायत १७ वटा मुद्दा चलिरहेको छ ।

उनीमाथि सम्पत्तिमा क्षति पुर्‍याएको र सहमतिविना तस्बिर बाँडेको आरोप पनि लागेको छ ।

ती अपराधहरू सिड्नीमा फेब्रुवरी र मे महिनाको बीचमा भएको थियो र्। यस महिनाको सुरुमा पुलिसमा उजुरी परेपछि उनी गत हप्ता उनी पक्राउ परेका थिए ।

बैनीमारमालाई जमानत दिइएको छ र उनीमाथि लागेको मुद्दामा अक्टोबरमा सुनुवाई हुनेछ । उनी फ्रान्क बैनीमारामाका एक मात्र छोरा हुन्, जो एक वर्ष अघि सैन्य विद्रोहको नेतृत्व गरेपछि सन् २००८ देखि सत्तामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?