काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मंसिर ४ गतेको निवाचनले आफ्नो अवस्थाबारे बताउने बताएका छन् ।
शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले ओलीतर्फ व्यङग्य गर्दै भने- ‘उहाँले भन्ने गर्नु भएको छ मंसिर ४ गतेको निवाचन पछि एमालेको बहुमत आउछ । त्यो कुरा मंसिर ४ गते नै हेरौला कसले कति ल्याउछ ।’
आगामी निर्वाचनमा एमालेको अबस्थाबारे गत स्थानीय तह निर्वाचन, राष्ट्रिय सभा, नेपाल पत्रकार महासंघ र नेपाल बार एशोसिएसनको निर्वाचनले सन्देश दिइसकेको बताए ।
अध्यक्ष दाहालले संसदको कार्यकालको विषयमा संविधानले निर्देशित गरेको मर्म अनुसार संसदले निर्णय गर्ने कुरा भएको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया