काठमाडौं । नेपाल भ्रमणका क्रममा सोमवार काठमाडौं आइपुगेका चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलवार बिहान भेटवार्ता भएको हो । भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागि छ ।
सोमवारदेखि नेपालको औपचारिक भ्रमणमा रहेका लीले आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका थिए । अध्यक्ष लीले आज दिनभर उच्चस्तरीय भेटवार्ता गर्दैछन् । ओलीसँगको भेटवार्तापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
ली ले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राजधानीमा ली को भ्रमणका कारण सडकमा यातायात प्रभावित भएको छ । ट्राफिक प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया