ली चान्सुले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, र परराष्ट्रमन्त्रीसँग भेट्दै

लोकपथ
35
Shares

काठमाडौं । चार दिने नेपाल भ्रमणमा सोमवार काठमाडौं आइपुगेका चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट भएका छन् ।

उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेट गर्ने कार्यतालिका छ ।

भेटवार्ता संसद भवनमा हुनेछन् । बुधवार राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम छ । अध्यक्ष लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि शिष्टाचार भेट गर्नेछन् । सोमवार सभामुख अग्निप्रसाद सापकोटासँग लीले भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?