काठमाडौ । राजधानीमा सुरु भएको ‘इन्डो नेपाल होमियोप्याथिक साइन्स कंग्रेस–२०२२’ सम्मेलन सम्पन्न भएको छ ।
‘आयुस मेडिकल एसोसिएसन’ को आयोजना र ‘अल नेपाल होमियोप्याथिक एसोसिएसन, नेपाल होमियोप्याथिक चिकित्सक संघ, होमियोप्याथिक मेडिकल एसोसिएसन अफ इन्डिया’, होमियोप्याथिक साइन्स कंग्रेस सोसाइटी’ र ‘जीडी मेमोरियल होमियोप्याथिक मेडिकल कलेज एन्ड हस्पिटल पट्ना’ को सह–आयोजनामा दुई दिने सम्मेलन सम्पन्न भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले सम्मेलनको उद्घाटन गरेका थिए । दुई दिनसम्म संचालन भएकोे सम्मेलनले पछिल्लो समय विकास भएका प्रविधिको विषयमा छलफल भएको अखिल नेपाल होमियोप्याथी संघका अध्यक्ष डा.खगेन्द्र कटुवालले जानकारी दिए ।
सम्मेलनमा नेपाल र भारतका गरी ४ सय ५० होमियोप्याथी चिकित्सकहरु सहभागी थिए । अध्यक्ष कटुवालका अनुसार सम्मेलनमा नेपालका तर्फबाट ३ वटा र भारतबाट ६ वटा गरी ९ वटा अनुसन्धान पत्र प्रस्तुत गरिएको थियो । ‘नेपालका २ सय र भारतका २ सय ५० जना गरी ४ सय ५० होमियोप्याथी चिकित्सक तथा चिकित्सा सहायकको उपस्थिती रहेको थियो,’ डा. कटुवालले भने, ‘सम्मेलनमा दुई तर्फबाट ९ वटा कार्यपत्र प्रस्तुत भएका छन् ।’
सम्मेलनले होमियोप्याथी सेवामा दुई देशले अवलम्बन गरिरहेको पद्धतीको सिकाइ आदान—प्रदान गर्न राम्रो अवसर भएको संघका महासचिव डा. रामहरी श्रेष्ठले बताए । उनले भारतमा २ सय ८३ बटा होमियोप्याथी मेडिकल कलेज संचालनमा हुँदा नेपालमा एउटा पनि संचालन हुन नसकेकोहुदा होमियोप्याथी पढ्न विदेशकै भरपर्नुपर्ने बताए ।
‘नेपालमा होमियोप्याथी अध्ययन अध्यापन गराउने एउटा सिटिइभिटी अन्तर्गतको संस्था छ,’ उनले भने ‘भारतमा २ सय ८३ बटा मेडिकल कलेज नै सञ्चालनमा छन्, हामी सबैले अध्ययन गर्न त्यहीँ भर पर्नुपर्ने हुन्छ ।’ नेपालमा ३ सयको हाराहारीमा होमियोप्याथी चिकित्सक भइसक्दा पनि छुट्टै परिषद् बन्न नसकेको सहभागिहरुको गुनासो थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया