साझा चुनाव चिह्नमा स्वतन्त्र उम्मेदवार हुन लौरो अभियानले माग्यो आवेदन

लोकपथ
84
Shares

काठमाडौं । लौरो अभियानले साझा चुनाव चिह्नमा स्वतन्त्र उम्मेदवार हुन इच्छुकलाई लागि आवेदन माग गरेको छ । देशभर उम्मेदवारी दिने तयारीमा रहेको लौरो अभियानले सोही चिह्नबाट चुनाव लड्ने प्रयोजनका लागि आवेदन माग गरेको हो ।

जसअनुसार अभियानले गुगल फाराम खुला गरेको छ । इच्छुकले आफ्नो नाम, इमलेल ठेगाना, जिल्ला, निर्वाचन क्षेत्र, सामाजिक कामको अनुभव, उम्मेदवारी दिनुको उद्देश्य लगायतका विषय खुलाएर आवेदन दिन अनुरोध गरेको छ ।

काठमाडौं–२ बाट सोही अभियानबाट उम्मेदवारी घोषणा गरेका रोहन कार्कीले इच्छुक उम्मेदवारले देशैभरबाट आवेदन दिनसक्ने बताए । शुमन सायमी संयोजक रहेको अभियानले हालै ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?