काठमाडौं । राष्ट्रियसभाको आइतबारका लागि तय भएको बैठक स्थगित भएको छ । आइतवार मध्याह्न १२ बजेर ५९ मिनेटका लागि तय भएको बैठक विशेष कारणबस बुधवारका लागि सारिएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अध्यक्ष गणेश तिमल्सिनाले स्थगित गरेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया