दूतावास पुगेर प्रधानमन्त्री देउवाले गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त

लोकपथ
105
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजाबेथ द्वितियको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् । महारानी एलिजाबेथ द्वितियको बिहीवार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

उनको निधनप्रति विश्वभरका नेताहरुले समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?