बेलायती महारानीको निधनमा नेपाल सरकारले ३ दिन शोक मनाउने

लोकपथ
133
Shares

काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनमा नेपाल सरकारले ३ दिन शोक मनाउने निर्णय गरेको छ ।

भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हाे ।

आज (शुक्रवार) बसेको मन्त्रिपरिषद् बैठकले महारानीकाे निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।

संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीबार राति निधन भएको थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?