परराष्ट्र सचिव पौड्याल भारत भ्रमणमा जाँदै

लोकपथ
7
Shares

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले भारतको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सचिव पौड्यालले भदौ २८ देखि २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने जनाएको हो ।

भारतका विदेश सचिव विनय मोहन क्वात्राको औपचारिक निमन्त्रणामा उनी भारत जान लागेका हुन् । भ्रमणका बेला परराष्ट्र सचिव पौड्यालले भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–भारत सहयोग लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?