काठमाडाैं । बालुवाटारमा भएकाे सत्ता गठबन्धनआवद्ध कार्यदलको निर्णायक भनिएको बैठक सकिएकाे छ । गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँटको प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय कार्यदलको बैठक आज साँझ बालुवाटारमा बसेकाे थियाे ।
बैठकपछि पत्रकारसँग बोल्दै ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँट करिब–करिब टुंगिएको जानकारी दिएका छन् ।
कार्कीका अनुसार भोलि (बिहीवार) बिहान ९ बजे कार्यदल बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने र त्यसपछि शीर्ष नेतालाई बुझाउने तयारी छ ।
मंसिर ४ मा हुने निर्वाचनका लागि ५ दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया