संविधानसभा सदस्य सिंह राप्रपा नेपालमा प्रवेश

लोकपथ
0
Shares

काठमाडौं । पूर्वसंविधान सभाकी सदस्य गिता सिंह राप्रपा नेपालमा प्रवेश गरेकी छिन् । राप्रपा नेपालले लिएको लोकतान्त्रिक हिन्दुराष्ट्रको एजेन्डाले आफूलाई आकर्षण गरेको भन्दै सिंह पार्टी प्रवेश गरेकी हुन् ।

उनले हिन्दुत्व, सुशासन र समृद्धि नै नेपालको अबको मुख्य मुद्दा हुने बताइन् । यसैगरी राप्रपाका पूर्वकेन्द्रीय सदस्य राजु थापालाई पार्टी अध्यक्ष कमल थापाले आजै प्रवेश गराएका छन् ।

नुवाकोटकै नेता कृष्णबहादुर घले ‘सुरज’ पनि राप्रपा नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले मुलुकमा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको चर्चा गर्दै सबैको सहयोगले राप्रपा नेपाललाई एउटा वैकल्पिक शक्ति निर्माण गर्ने महाअभियानमा आफू क्रियाशील भएको बताए ।

यसैगरी, राप्रपा सम्बद्ध नेपाल सनातन धर्म संस्कृति संगठन प्रदेश नम्बर १ का अध्यक्ष तथा गत स्थानीय तहको निर्वाचनमा उर्लावारी नगरप्रमुखका उम्मेदवार विनोदप्रसाद पोख्रेल, जिल्ला सदस्य चित्रबहादुर थापालगायत राप्रपा नेपालमा प्रवेश गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?