सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशको सुर्खेत, कालिकोट र जुम्लामा जम्बो उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । कालिकोटमा प्रदेशसभा र प्रतिनिधिसभामा गरी ५० जनाको नाम सिफारिस गरिएको हाे ।
कालिकोटमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभाको सिट रहेको छ । त्यस्तै, जुम्लामा ५३ जनाको नाम सिफारिस गरिएको छ । जुम्लामा पनि एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ ।
सबैभन्दा बढी जनसंख्या रहेको सुर्खेतमा कांग्रेसले १२० जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । सुर्खेतमा प्रतिनिधिसभामा दुई र प्रदेशसभा चार सिट छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया