सिट बाँडफाँटबारे पाँचदलीय गठबन्धनको बैठक बस्दै

लोकपथ
35
Shares

काठमाडौ । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूकाे बैठक आज बस्ने भएकाे छ । बैठक दिउँसो ३ बजे बस्न लागेकाे हाे । यसअघि आइतवार बिहान गठबन्धनको बैठक बसेको थियो । बैठक अहिले पनि जारी छ ।

बैठकमा सिट बाँडफाँटबारे छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार दिउँसो फेरि बैठक बस्ने छ ।  यसअघि आजै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भएको थियो ।

सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि सहमतिको कसरतमा छन् । तर, दलहरुको आ–आफ्नै अडानका कारण बैठक निष्कर्ष बिहिन हुँदै आएको छ ।

गठबन्धन दलमा कार्यदल र शीर्ष नेताहरुबीच बैठक पटकपटक बस्दै आएकाे भएपनि सिट बाँडफाँटको विषय पेचिलो हुँदै आएको छ । सिट बाँडफाँडबारे टुंगो लगाउन भोलि पनि सिट बाँडफाँट सम्बन्धी कार्यदलको बैंठक बस्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?