राष्ट्रिय जनमोर्चाका अध्यक्ष के.सी. बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. बागलुङ क्षेत्र नम्बर १ बाट संघीय निर्वाचन लड्ने भएका छन् । शनिवार बसेको जनमोर्चा संसदीय बोर्डको बैठकले केसीलाई बागलुङ–१ बाट उम्मेदवारको रूपमा अगाडि सार्ने निर्णय गरेको हो ।

यस्तै,उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट संघीय निर्वाचनमा भाग लिने गरी निर्णय भएको छ । बैठकमा विभिन्न जिल्लाबाट प्रदेश तथा केन्द्रका लागि सिफारिश भई आएका उम्मेदवारको सूचीमाथि पनि छलफल भएको अध्यक्ष के.सी.ले जानकारी दिए । जसबारे आवश्यक निर्णय भएको र क्रमशः सार्वजनिक गर्दै जाने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?