राष्ट्रिय सभाबाट पनि पारित भयाे नागरिकता विधेयक

लोकपथ
91
Shares

काठमाडाैं । राष्ट्रिय सभाले नागरिकता सम्बन्धी विधेयक पारित गरेको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत रुपमा पुनः पारित गरियोस् भन्ने प्रश्ताव पेस गरेका थिए ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रश्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?