काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको धर्मपत्नी सपना राजभण्डारी जोशीले काठमाडौं क्षेत्र नं ८ बाट निर्वाचन लड्न पार्टीमा आवेदन दिएकी छन्।
क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेको थियो।
सोही माग अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्नेगरी नवीन्द्र पत्नी सपनाले पार्टीमा आवेदन दिएकी हुन् ।
उनको यसअघि पनि काठमाडौं महानगरको प्रमुख उम्मेदवारका रुपमा समेत चर्चा भएको थियो । यस क्षेत्रबाट नेता राजुराज जोशीलेपनि उम्मेदवार हुनका लागि पार्टीमा आवेदन बुझाएका छन्।
जोशी गत सम्पन्न १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं ८ बाट सर्वसम्मत महासमिति सदस्य चयन भएकी थिइन् ।
नेता नविन्द्रराज जोशीसँग वैवाहिक जीवनमा गासिनु अघि सक्रिय विद्यार्थी राजनीतिमा थिइन् ।
नवीन्द्र यही क्षेत्रबाट २०६४ र २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
०७४ को निर्वाचनमा उम्मेदवार बनेका जोशी ४४४ मतान्तरले वर्तमान पर्यटन मन्त्रीसँग पराजित भएका थिए ।
काठमाडौं भित्र राम्रो सांगठनिक पकड र निष्ठा इमानदारीपूर्वक राजनीति गर्ने नविन्द्रकोछवि सर्वप्रिय थियो ।
नविन्द्रको निधनपछि नवीन्द्रले सुरुवात गरेको घरदैलो कार्यक्रममा निरन्तर सहभागी भइ नविन्द्रको सपना साकार गर्न सदैव तत्पर देखिदै आएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया