सुदूरपश्चिम प्रदेश सभाको बैठक आज अन्त्य हुँदै

लोकपथ
21
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको दशौँ अधिवेशन आज (शुक्रवार) बाट अन्त्य हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बिहीवार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सभाको १० औं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मिति तय भएसँगै प्रदेश सभा सदस्यहरु प्रचार–प्रसारमा केन्द्रित हुने भन्दै सभाको बैठक शुक्रवार अन्त्य गर्न मन्त्रिपरिषदले सिफारिस गरेको थियो ।

प्रदेश सभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभाबाट पारित गर्ने र प्रदेश सभाको बैठक अन्त्य गर्ने तयारी गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?