शान्ती सुरक्षा कायम राखी निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : मन्त्री गहतराज

लोकपथ
0
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताएका छन् । पछिल्लो गतिविधिबारे सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री गहतराजले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेकाले कुनैपनि खालको जोर जबर्जस्ती कुनैपनि तहका सरकारबाट हुन नहुने प्रष्ट पारेका हुन् ।

देशभरका विभिन्न क्षेत्रमा स्थानीय सरकारको नेतृत्वमा बलजफ्ती रुपमा अस्थायी संरचना हटाउने प्रयास भईरहेको तर्फ इङ्गित गर्दै मन्त्री गहतराजले त्यसखालको गतिविधि गर्न नहुने बताए । नागरिकहरुको शान्ती सुरक्षा र उनीहरुको व्यवस्थापन गर्ने दायित्व सरकारको रहेको उल्लेख गर्दै मन्त्री गहतराजले सस्तो लोकप्रियताका लागि जनतालाई दुःख दिनु उपयुक्त नहुने बताए ।

देशभर अव्यवस्थित रुपमा रहेका संरचनाको व्यवस्थापनका लागि सरकारले प्रभावकारी नीति बनाईरहेको बताउँदै मन्त्री गहतराजले हतारमा कुनैपनि निर्णय नगर्न नहुने प्रतिक्रियासमेत दिएका छन् । उनले वार्ता र संवादबाट सबै खालका समस्याहरु समाधान गर्न सकिने भन्दै सबैलाई निर्वाचनमा केन्द्रित हुनसमेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?