कालिकोट । कालिकोटको खाँडाचक्र–९ धिमुमा एक किशोरीमाथि सामूहकि बलात्कार भएको छ ।
कालिकोटको सदरमुकाम मान्मबाट करिब ३० किलोमिटर टाढा पर्ने खाँडाचक्रको धिमाल देवताको पैठ (जात्रा) हेरेर घर फर्किने क्रममा १९ वर्षीया किशोरीमाथि सामूहकि बलात्कार भएको हो ।
स्थानीय जनज्योति माविमा कक्षा १० मा अध्ययनरत १९ वर्षीया किशोरीमाथि दश जना युवाको समूहले किशोरीमाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कारमा संलग्न भएको आरोपमा प्रहरी बुधबार राति नै ८ जनालाई पक्राउ गरेको थिए भने अन्य २ जना फरार छन् ।
पक्राउ पर्नेमा खाँडाचक्र–१० चौकी गाउँका १८ वर्षीय सर्जन बिक, २० वर्षीय पर्व बिक, १८ वर्षीय गोर्ख बिक छन् ।
त्यस्तै, ९ नम्बर वडा पाखाका २२ वर्षीय जीवन बिक, २० वर्षीय नवीन बिक, १८ वर्षीय डिले परियार, २१ वर्षीय सुवास बिक, २० वर्षीय हर्ष बिकलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक निरोज चौलागाईंले बताए ।
बुधबार बेलुकी साढे ६ बजे मदिरा सेवन गरेर बाटोमा बसिरहेका युवामध्ये एक जनासगँ ती किशोरीले उधारो सामान लिएको रकम माग्दा सबै मिलेर हातपात गर्दै खोल्सामा पुर्याएर बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।
बहिनीमाथि बलात्कार भएको खबर सुनेर घटनास्थल पुगेका किशोरीका दाईलाई पनि ती युवाहरुले हातपात गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ ।
आपराधिक घटनाको जानकारी पाए लगत्तै सदरमुकाम मान्मबाट प्रहरी निरीक्षक चौलागाईंको नेतृत्वमा गएको प्रहरी टोलीले राति नै घटनास्थल वरपरबाट ८ जना पक्राउ परेका थिए ।
पक्राउ परेका विरुद्ध जाहेरी दर्ता गर्दै प्रहरीले विहीवार जिल्ला अदालत मान्मबाट ६ दिनको म्याद थप गराएर अनुसन्धान गरिरहेको जिलला प्रहरी प्रमुख डिएसपी विनोद शर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया