आतिशबाजीको गोदाममा विस्फोट हुँदा १२ जनाको मृत्यु

लोकपथ
182
Shares

काठमाडौं । आर्मेनियामा एउटा सपिङ मलभित्र आतिशबाजीको गोदाममा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । विस्फोट भएको स्थानबाट उद्धारकर्ताहरूले ११ ओटा शव फेला पारेका आरआईए समाचार एजेन्सीले आर्मेनियाको आपत्कालीन मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ ।

राजधानी येरेभानको एउटा सपिङ मलमा आइतबार भएको गोदाममा विस्फोट हुँदा भवनका केही भाग ध्वस्त भएका छन् । विस्फोटमा कम्तीमा ६२ जना घाइते भएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?