काठमाडाैं । वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले वातावरण र वन ऐनको संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै कँडेलले यस्तो बताएका हुन् ।
नेपालका धेरै ठाउँमा सडकको स्तरोन्नती गर्नुपर्ने आवश्यक्ता रहेको बताउँदै उनले वर्तमान वातावरण ऐनले अहिलेको आयोजनाको माग र दिगो विकासको माग धान्न नसक्ने उल्लेख गरे साथै वातावरण ऐन र वन ऐनले राष्ट्रिय गौरवका आयोजना नचिन्ने उनले बताए ।
धेरै ठाउँका सडक स्तरोन्नती गर्नुपर्ने भएकोले एआइए गर्दा धेरै कठिन हुने भन्दै आइई मात्रै गर्दा हुने गरेर अनुसूचीमा परिवर्तन गर्न लागेको उनको भनाइछ । एक हप्ताभित्र नै अनुसूची संशोधन गरी मन्त्रीपरिषद्बाट निर्णय गरिने कँडेलले जानकारी दिए ।
सचिव कँडेलले वन तथा वातावरण मन्त्रालयभित्रका कानुनहरु बनाउँदा धेरै छलफल र विश्लेषण गरेर मात्रै बनाउनुपर्ने भन्दै हतारमा कानुन निर्माण गर्दा त्यसको प्रभावकारिता लामो समयपछि नदेखिने पनि बताए ।
राष्ट्रिय गौरवका आयोजना गर्दा सजिलै वन क्षेत्र उपलब्ध गराउने व्यवस्था कानुनमा ल्याउनुपर्ने र यसबारेमा मन्त्रालयले काम गरिरहेको सचिव कँडेलको भनाइ थियो । त्यस्तै वातावरण अध्ययनको प्रभावकारिता धेरै देखिन नसकेको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया