काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ बढेको छ। आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला छापवाला सुन ९६ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सोमबार छापवाला सुन ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर १ हजार २४० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा किनबेच भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया