काठमाडौंं । देश भरका नायव सुब्बा कर्मचारीहरु भोलि मंगलबार बिदामा बस्ने घोषणा गरेका छन् । असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेका कारण रुस्ट बनेका कर्मचारीहरु आन्दोलित भएका हुन् ।
आजै सिंहदरबारमा कर्मचारीहरुले ‘पेन डाउन’ गरेका निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले लोकपथलाई जानकारी दिए ।
शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक-अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरुको छ ।
निजामती सेवा ऐनको विपरित असमान तलब वृद्धि भएपछि नासु कर्मचारी आन्दोलित हुँदै आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया