रन शुजले बजारमा ल्यायो नयाँ मोडलका जुत्ता

लोकपथ
7
Shares

काठमाडौं । नेपाली जुत्ता उत्पादक कम्पनी रन शुज इन्ड्रष्ट्रिजले चाडपर्वहरुलाई लक्षित गरी नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ ।

“नेपाली मन जुत्तामा रन” भन्ने मूल नाराका साथ २६ डिजाइनका नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको हो । कम्पनीले महिला र पुरुष दुवैवर्गको लागि जुत्ताहरु बजारमा ल्याएको छ ।

समय र ग्राहकको चाहनाअनुसार विभिन्न कलरहरुमा उपलब्ध जुत्ताहरुले आम उपभोत्ताको मन जित्ने कम्पनीले विश्वास लिएको छ । रन शुजकोे यससँगै एक हजार भन्दा बढी मोडलका जुत्ता चप्पलहरु बजारमा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?