काठमाडाैं । कायम मुकायम प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश अनिल कुमार सिन्हामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सर्वोच्च स्रोतका अनुसार दुबै जनाको स्वास्थ्य समान्य रहेको छ ।
केही दिनदेखि कोरोनाको लक्षण देखिएपछि उनीहरुले परीक्षण गराएको सर्वोच्चले जनाएको छ ।
दुबै जना अहिले होम आइसोलेशनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया