चितवन । अविरल बर्षाका कारण आइतबार राती झरेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ ।
सो सडक खण्ड अन्तर्गतको भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित आइतबार राती खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो ।
तयारी अवस्थामा रहेका दुईवटा जेसीभी प्रयोग गरेर पहिरो पन्छाइए पछि सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया