१. बजेट निर्माणका क्रममा करको दर हेरफेर गराएको आरोपपछि राजीनामा दिएका जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त, दोस्रो कार्यकालका लागि अर्थमन्त्री बनेका शर्माले लिए पद तथा गोपनियताको शपथ ।
२. आगामी संघ र प्रदेश निर्वाचनको तयारीमा लाग्न जिल्ला सभापतिहरुलाई कांग्रेस सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन, पार्टीलाई एकताबद्ध बनाएर अगाडी बढ्न आग्रह ।
३. राजनीतिक दलका नेतासँग कायममुकायम प्रधानन्यायाधीशले भेटेपछि कस्तो न्याय मिल्ला ? भन्दै नेकपा एमालेका अध्यक्ष ओलीले गरे प्रश्न, सर्वोच्चमा न्याय सम्पादन हुन नसक्नुमा प्रधानन्यायाधीशको हात रहेको आरोप ।
४. आगामी निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दाबी, गत स्थानीय निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरु बफादार नभएको भन्दै असन्तुष्टी ।
५. पोखरामा सम्पन्न महानगरका मेयरहरुको सम्मेलनले जारी गर्यो ७ बुँदे घोषणापत्र, महानगरका लागि छुट्टै ऐनको माग ।
६. पेट्रोलियम ढुवानी व्यवसायीद्वारा सोमबारदेखि देशव्यापी आन्दोलनको घोषणा, पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग ।
७. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ८ सय ४६ परीक्षणमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि, २ सय ९७ जना संक्रमण मुक्त एक जनाको मृत्यु ।
८. साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान, आत्महत्या गर्ने मात्रै ३४ जना, ८ जनाको शव अझै नेपाल आँउन बाँकी ।
९. तुलसीपुरको टरिगाउँ विमानस्थलमा रहेको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी, दुई महिनाअघि ल्याइएको बाउजरलाई सरकारले फिर्ता लैजाने तयारी गरेपछि विमानस्थलाई बन्द गराउने षड्यन्त्र भएको आरोप ।
१०. चिनी मिलमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिले दियो निर्देशन, मिलमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर नभएको एमाले सांसदको आरोप ।
११. सेयर बजारमा उच्च अंकको वृद्धि, नेप्से परिसूचक ५४.५८ अंकले बढ्दा ४ अर्ब ६० करोड बढीको कारोबार ।
१२. क्रिमियाको बन्दरगाहमा रुसी जहाजमा ड्रोन आक्रमणमा पाँच जना घाइते, रुसी सेनाबाट जोगिन पूर्वी युक्रेन छाड्न राष्ट्रपति जेलेन्स्कीको आदेश ।
१३. पाकिस्तानको सिन्ध प्रान्तमा बाढीका कारण थप ३० भन्दा बढी गाउँ डुबानमा, प्रभावित क्षेत्रका जनता आफ्नो ज्यान जोगाउन पहाड र सुरक्षा स्थलमा शरण लिन बाध्य ।
१४. केन्याको क्रिकेट संघले आगामी अगस्टको अन्तिम साताका लागि नेपाललाई दियो सिरिजको निमन्त्रणा, सिरिजबारे क्यानको आधिकारीक धारणा केही दिनमा सार्वजनिक हुने।
१५. र, साफ यु(२० च्याम्पियनसिपको तेस्रो खेलमा आज नेपाल र भारत भिड्दै, भारतलाई हराएर फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रदैँ नेपाल ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया